


भैरहवा,७बैशाख। नेपाल विद्यार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ। संघको ५६ औं स्थापनाको दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सभापति नवराज अर्यालले बताए।
संघको ईकाइ समितिले क्याम्पसमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ।

‘हाम्रो क्षेत्रमा शहरीकरण बढ्दो अवस्थामा छ। जसकारण वर्षेनी वातावरणको तापक्रम पनि उच्च हुँदै गएको छ’,संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सचिव उमर बादशाह खानले भने, ‘हरित वातावरण बनाउन र उच्च तापक्रम न्यूनीकरणमा थोरै पनि टेवा पुर्याउने उद्देश्यले स्थापनाको दिवसमा अवसरमा वृक्षारोपण गरेका हौं ।’

वृक्षारोपण कार्यक्रममा नेपाल विद्यार्थी संघका रुपन्देही जिल्ला सभापति सन्दिप पाण्डे, जिल्ला उपसभापति प्रतिक भण्डारी, क्याम्पस ईकाइका सहकोषाध्यक्ष श्याम कुर्मी, सदस्य आजम खान, मनिष यादव, सुरज कुर्मी लगायतको सहभागिता थियो।

