


काठमाडौं,९बैशाख। प्रहरीले ठगीको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी आरोपमा बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ का २७ वर्षीय उमेश भोलोनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएपछि उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

