
भैरहवा, १०बैशाख। लुम्बिनी प्रेस क्लब रुपन्देहीले पत्रकार राधेश्याम विश्वकर्मालाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
गत बैशाख ८ गते मर्चवारमा समाचार संकलनका लगि जाने क्रममा तस्करी भइरहेको भीडियो खिच्ने क्रममा पत्रकार विश्वकर्मामाथि दीपेश यादव नेतृत्वको तस्करहरुको समूहले संचारउपकरण खोस्ने, भिडियो मेटाउन लगाउनेका साथै दुव्र्यहार गरेका थिए। उनी क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्र्तगतका एपी वान टेलिभिजनमा कार्यरत छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

घटनामा संलग्न यादवलाई पक्राउ गरी प्रहरी नियन्त्रणबाटै भगाइएको भन्दै बुधवार बसेको प्रेस क्लब बैठकले प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। क्लबले उक्त आन्दोलनमा प्रेस स्वतन्त्रता, मानव अधिकारवादी र सामाजिक न्यायको पक्षमा हुने सम्पूर्णमा सहयोग र सहकार्यका लागि समेत आह्वान गरेको छ ।
क्लबले पहिलो दिन बैशाख ११ गते बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने, दोस्रो दिन बैशाख १२ गते शरीरमा कालोपट्टी बाँधेर धर्ना दिने र तेस्रो दिन बैशाख १४ गते कालोपट्टीसहित संचार सामग्री राखेर कार्यालय अगाडी १ घण्टा धर्ना दिने जनाएको छ।
पहिलो चरणको आन्दोलनको समयावधीसम्म दोषीलाई पक्राउ गरी कानूनी दायरामा नल्याइए दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी चरणबद्ध आन्दोलनमा उत्रिने क्लबका अध्यक्ष कमल रायमाझीले बताए। ‘न्याय नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उनले भने, ‘दोस्रो चरणका आन्दोलन काठमाडौं केन्द्रित पनि हुन सक्छन् ।’
क्लबले दोषीउपर कारबाहीको मागसहित सम्बन्धित निकायमा उजुरी दिइसकिएको जनाएको छ । घटनाका सम्बन्धमा पत्रकारका संघसंस्थाले विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरिसकेका छन् ।
घटना घटेको दुई घण्टापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता समेत रहेका डीएसपी सुरज कार्कीले पत्रकार विश्वकर्मामाथि आक्रमण प्रयास गर्ने दीपेश यादव पक्राउ परेको जानकारी गराएको तर, पक्राउ गरिएका यादव सोही दिन साँझपख प्रहरीकै नियन्त्रणबाट भागेको भन्ने प्रहरीले बताएको विज्ञप्तीमा उल्लेख छ ।
यसबारे सत्यतथ्य छानविन गरी दोषी र दोषी भगाउन सहयोग गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघ, रुपन्देहीले २४ घण्टाको अल्टिमेटम दिँदै बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएका थिए ।

