


काठमाडौं,११ बैशाख। ट्राफिक प्रहरीले एक जना व्यक्ति कुटपिट गरेको भीडियो सामाजिक संजालमा सार्वजनिक भएको छ।
भाइरल भएको उक्त भीडियोमा ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ। कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ। सार्वजनिक भीडियो काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ । सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भीडियो काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो ।

वरपर बाक्लो रुपमा मोटरसाइकल पनि देखिन्छन्। उक्त भीडियो कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी बिनोद घिमिरेले पनि घटनास्थल काठमाडौंको जस्तो देखिएपनि यकिन नभएको कुटपिट गर्नेको पहिचान भइनसकेको बताए।
उनले जाडोमा लगाउने ज्याकेट लगाएकाले उक्त भीडियो अहिलेको नभएर जाडोयामको भएको हुनसक्ने भन्दै भीडियो सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको बताए।

