


काठमाडौं,१२ बैशाख। नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले लोबुचे हिमाल आरोहण गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई शेर्पाले लोबुचेको सफल आरोहण गरेको भन्दै महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ।

त्यस्तै, सगरमाथाको सफल आरोहणको लागि शुभकामना पनि व्यक्त गरिएको छ।उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।
चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरुद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।

