
लुम्बिनी, १३ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बढ्दो अशान्ती र युद्धलाई शान्तिको मार्गबाट अगाडि बढाउनु पर्ने बताएका छन्।
चाइनिज कल्चर प्रमोशन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त फाउण्डेशन लुम्बिनीले शनिबार आयोजना गरेको चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले हतियार र युद्धले मानव अस्तित्वलाई संकटमा पार्ने बताउँदै बुद्धका विचारलाई विश्वभरफैलाउनु पर्ने बताए ।
Advertisement

Advertisement
Advertisement

उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति परिचालनका लागि निर्माण भएका हतियारहरु चुनौत बनेको बताए। उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरु ग्रहण गर्नेहरु बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसाथ गर्ने बेला आएको बताए ।
उनले बिश्व शान्तिका लागि बुद्धिजमको आवश्यकता बढेको भन्दै सबैले शान्ति र करुणालाई अंगिकार गर्नु पर्ने बताए।
‘बिश्वमा युद्धको घटना बढेका छन्। खतरनाक हतियारको निर्माण बढेको छ। युद्ध र हतियारको प्रयोगले कोहि पनि अगाडि बढ्न सक्दैन्’, उनले भने,‘बिश्वभरका सचेत नागरिकले बिश्व शान्तिको आवश्यकतालाई महसुस गर्दै शान्तिको मार्गमा हिड्नु पर्ने बेला आएको छ।’
शान्ति र मानवताका विचारलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सरकारले काम गरिरहेको भन्दै उनले शान्तिका पक्षका विचारलाई सबैले अंगिकार गर्न जरुरी बताए।

