


सर्लाही,१४बैशाख। सर्लाहीमा महिलाको हत्या भएको छ। घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानको उनका जेठाजुले हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि उनलाई पक्राउ गरिएको छ। उनले हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण महिलाको घटनास्थलमै मृत्यु भएको उनले बताए।

मृतकको जेठाजु पासवानलाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कमेन्ट गर्नुस्

