


काठमाडौं,१४बैशाख। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ। मुद्दाको मंगलबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा थापाले संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको अभिव्यक्ति दिएका थिए।

आयोगका पदाधिकारीहरुको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले ‘डिल’ गर्यो भने अब यसको विश्वसनीयता के रहन्छ? भन्दै उनले प्रश्न गरेका थिए। उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता विशाल थापालगायतले आइतबार थापाविरुद्ध अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।
विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

