
कपिलवस्तु,१५बैशाख। कपिलवस्तु प्रहरीले ४३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर थाना सोनपुरका ४२ वर्षीय शिवा पटवा भन्ने आशीष कुमार रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका आशीष कुमारको साथबाट स्रोत नखुलेको ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार ५ सय ४४ भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकको साथबाट रुपैयाँ (नोट) गन्ने मेसिन समेत बरामद भएको छ। उनी गैरकानुनी हुण्डी कारोबारी भएको हुन सक्ने प्रहरीको आशंका छ। पक्राउ गरेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

