Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ‘आशा जगाउने गरी बजेटको तयारी गर्दैछौं’
    अर्थ

    ‘आशा जगाउने गरी बजेटको तयारी गर्दैछौं’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख १७, बुधबार २२:०९ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, १७ वैशाख। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका छन्। सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरुसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरिएको छलफल कार्यक्रममा उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा आधारित भएर तयार पार्ने बताएका हुन् ।

    सरकारले घाटा बजेट पनि नबनाउने र प्रदेशको वास्तविक अवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले स्पष्ट पारे। ‘सरकारले सन्देश दिने गरी, आशा जगाउने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गर्दैछ। यसमा तपाईंहरुको सुझावलाई आधार मानेर समावेश गर्नेछौं’,उनले भने,‘प्रदेशको आम्दानी अनुसार हाम्रो बजेटको आकार ३१ देखि ३२ अर्ब वरिपरि आउनेछ। यही आधारमा थोरै लगानीमा पनि प्रतिफल आउने खालका कार्यक्रम के–के हुन सक्छन् भन्नेमा सुझाव आवश्यक छ।’ सरकारले नीति तथा कार्यक्रमलाई आधार मानेर वार्षिक बजेट बनाउने भएकाले आगामी वर्षको बजेट नीति तथा कार्यक्रमभन्दा बाहिरको नहुने पनि उनले स्पष्ट पारे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अनुसन्धानको आधारमा नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए। सरकारमा सहभागी दलहरुको प्रतिबद्धता केलाएर जनतालाई गरिएको वाचा अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा उनले जोड दिए।

    ‘थोरै बजेटले धेरै काम हुने गरी बजेट ल्याउन जरुरी छ। सम्पन्न हुने योजनाको सूची बनाएर बजेटको प्राथमिकतामा राख्नुपर्नेछ’उनले भने,‘बलियो सरकार छ। यसले राजस्व बढाउने गरी कार्यक्रम ल्याउन सक्नुपर्छ।’ नीति तथा कार्यक्रममा गर्न सकिने कार्यक्रम मात्रै समावेश गर्नुपर्ने र बजेटले आशा जगाउने गरी कार्यक्रमहरुको प्राथमिकता निर्धारण गर्नुपर्ने उनले सुझाव दिए ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशप्रति आकर्षण बढाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए। प्रदेश सरकारले आफ्नो अधिकार प्राप्ती र कार्यान्वयनमा खुट्टा कमाउनु नहुने भन्दै संविधानले दिएका अधिकारहरु कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा उनले जोड दिए। ‘सुशासनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन जरुरी छ’ उनले भने,‘प्रदेशको विकासमा लुम्बिनीलाई जोडेर पर्यटनलाई आधार बनाउन सकिन्छ।’

    नेकपा (एमाले) लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले नीति तथा कार्यक्रमले आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘जनतालाई तुलनात्मक रुपमा सन्तुष्टि हुने गरी नीति तथा कार्यक्रम ल्याउन जरुरी छ। भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुस्’उनले भने,‘उत्पादनशील क्षेत्रमा प्राथमिकता राखेर बजेट ल्याउन जरुरी छ।’ सबैको अपनत्व रहने गरी नीति तथा कार्यक्रम बनाउनुपर्ने, भौतिक निर्माण, बाटो–घाटोलाई मात्रै बजेट नराखी कृषि, शिक्षा, स्वास्थ्य, उद्यम विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

    एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी प्रसाद चौधरी, एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य लगायतले सहमति अनुकूल दृष्टिकोण उन्मुख बजेट ल्याउनुपर्ने, प्राप्त स्रोतलाई सही परिचालन गर्ने गरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका थिए।

    बैठकमा मन्त्री तथा राजनीतिक संयन्त्रमा सहभागी दलका प्रतिनिधिहरु, प्रदेश योजना आयोगका पदाधिकारी तथा सचिवको सहभागीता थियो। बैठकबाट प्राप्त सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट निर्माणमा जोड दिइने भएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश बजेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.