Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भारतले थप ६ सय मेगावाट विद्युत दिने
    अर्थ

    भारतले थप ६ सय मेगावाट विद्युत दिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख १९, शुक्रबार १०:१४ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१९बैशाख। भारतले थप ६ सय मेगावाट विद्युत नेपाललाई दिने भएको छ। भारतले बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घण्टाका लागि नेपाललाई थप बिजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र बिजुली दिइँदै आएको थियो।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार थप आयात हुने बिजुली ढल्केवर–मुज्जफरपुर प्रसारण लाइनबाट आउनेछ। बिहीबार बिहान भारतले स्वीकृत दिएकोले राति १२ बजेबाट थपिएको बिजुली आयात गरिने उनले बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सुक्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाही जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ। तसर्थ भारतबाट विद्युत आयात भने भइरहेको छ। प्राधिकरणको तथ्यांकअनुसार हालः विद्युतको आन्तरिक उत्पादन औसत करिब ११ सय ७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग २ हजार ७७ मेगावाट छ।

    विद्युतको उच्च मागको समयमा विद्युत् उत्पादन १५ सय ९३ मेगावाट हुने गरेको छ। आन्तरिक उत्पादनले नपुगेको बिजुली भारतबाट आयात गरिँदै आइएको छ। नेपालले छिमेकी मुलुक भारतबाट पावर एक्सचेन्ज कमिटी (पीईसी) मार्फत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएको हो।

    हाल मैनहिया-सम्पतिहा लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत आपूर्ति भइरहेको छ। भारतमा आईपीएल खेल जारी रहँदा माग बढेकाले आईएक्सको दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दासमेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरण बताउँछ।

    इन्डियन एक्सचेन्ज मार्केट (आईईएक्स)मार्फत बिहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म विद्युत् खरिद गरिँदै आइएको छ। प्राधिकरणले रातिको ११ बजेदेखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गर्न माग गर्दै आएको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल विद्युत प्राधिकरण भारत विद्युत विद्युत आयात
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.