
काठमाडौं,२१बैशाख। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई दोषी ठहर गर्दै आइतबार सजाए निर्धारण गरेको छ।
Advertisement

Advertisement
Advertisement

सरकारी पदमा रहदाँ रकम दुरुपयोग गरी भ्रष्टाचार गरेकोले दुई वर्ष कैद र बिगो बराबरको १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
भ्रष्टाचार कसुरमा दोषी ठहर भएकोले १ वर्ष ६ महिना र केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना गरी २ वर्ष कैद सजाय सुनाइएको हो।
त्यस्तै मुद्दाका अन्य प्रतिवादीहरु म्याक्स इन्टरनेसनल प्रालि र सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न फैसला भएको छ । अकबर हुसेनलाई पनि १ वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ ।
विकल, म्याक्स इन्टरनेशनल प्रालि, अकबरले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने विशेष अदालतले ठहर गरेको छ ।

