


काठमाडौं,२२ बैशाख। विश्वकै सबैभन्दा खतरनाक मानिने अल्काट्राज जेलको पूननिर्माण गरी पुनः खोल्न आदेश भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारलाई अल्काट्राज जेल पुनः खोल्न र विस्तार गर्न निर्देशन दिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ट्रम्पले लामो समयदेखि अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरुले ग्रस्त रहेको भन्दै उक्त जेल पुनः खोल्न निर्देशन दिएको बताएका हुन्। उनले भने,‘अल्काट्राजको पुनः उद्घाटन कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ।’
अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई १९६३ मा बन्द गरिएको थियो। अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यको रुपमा सञ्चालनमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिज नजिकै अवस्थित छ।

