
हेटौडा,२३बैशाख। हेटौडामा जमिन मुनी गाडी भासिएर हराएको घटनामा खानी तथा भूगर्म विभागले अध्ययन थालेको छ । भासिएको गाडी खोजी गर्दा नभेटिएपछि हेटौडा उपमहानगरपालिकाले सहयोग मागेपछि विभागको टोली घटनास्थल पुगेर अध्ययन थालेको हो ।
गत शुक्रवार हेटौडा उपमहानगरपालिका–१६ र १७ को सीमानजिक गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन मुनी भासिएर बेपत्ता भएको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गरिने विभागका भूगर्भविद् नारायण अघिकारीले बताए। जसका लागि केही उपकरण समेत प्रयोग गर्ने विभागको तयारी छ ।

