
मकवानपुर,२३ बैशाख। मकवानपुर प्रहरीले ३० किलो लागुऔषध गाँजासहित महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
हेटौंडा–१० बसपार्कमा लागुऔषध गाँजा ओसारप्रसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र.०३–०१ ज ९७४ नम्बरको गाडीमा चेकजाँद गर्दा तामाङको साथबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

बरामद गाँजा जेब्रा झोलाभित्र लुकाएर राखिएको तीन वटा पोकामा थियो ।

