
काठमाडौं,२४बैशाख। नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो।
बुधबार सिंहदवारमा गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाकिस्तान तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए। ‘सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ’, उनले भने।
भारतले बुधवार बिहान पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। नेपालको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न उनले सुरक्षा परिषद्को बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरवारमा बसिरहेको छ।

