
भैरहवा,२४ बैशाख। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित विमान संचालनका माग गर्दै स्थानीयहरुले विमानस्थलको प्रवेशद्वारमा धर्ना र प्रर्दशन गरेका छन् । उद्योग ब्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्शं)को नेतृत्वमा बुधवार विभिन्न संघसंस्थाले विमानस्थलबाट नियमित विमान संचालनको माग गर्दै धर्ना र प्रर्दशन गरेका हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि यस क्षेत्रमा अर्बौ लगानी भइसकेको छ । तर, विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने जोखिममा छ। विमानस्थलबाट नियमित उडानका लागि सरकारको नेतृत्व तहमा ज्ञापन बुझाउँदा समेत सुनुवाई नभएपछि धर्ना र प्रर्दशन गरिएको उद्योग–व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘हामीले आफ्नो स्तरबाट अधिक पहल गर्दै आएका छौं, नियमित उडानका लागि राजनीतिक दलका नेतृत्वहरुलाई ज्ञापन पत्र पनि पटक-पटक बुझायौं’, अध्यक्ष श्रेष्ठले भने, ‘तर, हाम्रो मागको सुनुवाई नभएछि आन्दोलनमा उत्रिनु परेको हो।’ विमानस्थलको प्रवेशद्वारमा ब्यानर र प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरिएको थियो।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको बताए।

