


डडेल्धुरा, १७ जेठ। सशस्त्र प्रहरीका एक जना जवानसहित दुई जना दुई दिनदेखि बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर छन्। शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना नातामा मामा(भान्जा पर्ने बताइएको छ।

महाकाली नदी किनारमा उनीहरुले प्रयोग गरेको ट्युब फेला परेको र उनीहरुको खोजी भइरहेको डीएसपी भएको बरुणबहादुर सिंहले बताए ।
कमेन्ट गर्नुस्

