

भैरहवा,२५बैशाख। अवैध रुपमा माटो उत्खनन् गर्दै गरेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका-११ पिपरहियामा अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा भ्याकु लोडर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।



नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाई सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा पठाइएको र कार्यालयले ६५ हजार रुपैयाँ जरिवाना कारवाही गरेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्