

भैरहवा,२६बैशाख। शुक्रवार नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।



यस्तै, आज चाँदीको मूल्य बढेको छ। चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्