
जनकपुरधाम,२६ बैशाख। प्रहरीले अनलाइन ठगीको आरोपमा सात जनालाई पक्राउ गरेको छ।
पक्राउ पार्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नीतेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, सोही स्थानका २१ सुधीरकुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही स्थानका २० वर्षीय रामकुमार महरा रहेको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुण सिंहका अनुसार पक्राउ परेका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर र ठगी गर्ने गरेका थिए। उनले अनलाइनको दुरुपयोग गरी उनीहरुले दुई करोड ६३ लाख ९३ हजार १९१ रुपैयाँ ठगी गरेको उनले बताए।
उनीहरूले सस्तोमा मोबाइल, मोटरसाइकल जस्ता समान दिने भनेर ठगी गर्ने गरेका थिए। पक्राउ परेकाहरूका साथबाट १० वटा मोबाइल समेत फेला परेको छ। उक्त मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडी समेत गरी १८७ वटा खाता खोलेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ ।

