
काठमाडौं,२६बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारमा कार्यरत एक इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा करारमा कार्यरत इन्जिनियर सुमन खनालले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो।
Advertisement

Advertisement
Advertisement

अख्तियारले बिई र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली पेश गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।
खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेडमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन बीई सिभिल इन्जिनियरिङ एकेडेमिक ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङ बाट जारी भएको क्यारेक्टर सर्टिफिकेट नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको ठहर छ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिईएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।

