


काठमाडौं,२८बैशाख। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन्।
सिफारिस समितिका सदस्य रहेका पौडेलले आइतबार समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन्।

गभर्नरमा पौडेललाई नियुक्त गर्न कांग्रेस-एमाले सहमत भएपछि उनले सदस्य पदबाट राजीनामा दिएको चर्चा छ। सिफारिस समितिको अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए।
यसअघि सत्तागठबन्धन दल कांग्रेस-एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो।
भट्टको नाममा प्रधानमन्त्री ओली सहमत हुन सकेनन्। त्यसका लागि उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई अघि सारेपछि समस्या बल्झिएको थियो। यसपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेको बताइएको छ।नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ ।

