


काठमाडौं,३० बैशाख। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज ओरालो लागेको छ। अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ।

सुनको मुल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चाँदीको भाउ १९ सय ६० रुपैयाँ पुगेको थियो।
कमेन्ट गर्नुस्

