


दाङ,३०बैशाख। लुम्बिनी प्रदेशसभाको सांसद गीता गुरुङले जनताका आशाका किरणहरु स्वलुप्त भइरहेको भन्दै पदबाट राजीनामा दिएकी छन्।
जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी गुरुङले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता उल्लेख गर्दै उनको राजीनामा पत्रमा उल्लेख छ।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरु स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले राजीनामा पत्रमा लेखेकी छन्।
जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको उनको राजीनामा पत्रमा उल्लेख छ। सांसद गुरुङलाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले राजीनामा बुझाएको सुनेपनि आफुलाई आधिकारिक जानकारी नगराएको बताए। लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले पनि प्रदेशसभा सदस्य गुरुङको राजीनामाको विषयमा आधिकारिक जानकारी नआएको क्लिक लुम्बिनीलाई बताए ।


