


जनकपुर,३० बैशाख। धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीस्थित विवाहमा खाजा खाँदा एक सय भन्दा बढी सर्वसाधरण बिरामी परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरी लगायतका अनिय मिष्ठान खाएको केहीपछि पेट दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताएका छन् ।

उनका अनुसार ६० जनाभन्दा बढीको प्रादेशिक अस्पतालमा र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको छ। केही निको भएर घर फर्किएका छन्।
‘घटनास्थल पुगेर हामीले खाजाको नमुना संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छौँं’,उनले भने,‘परिक्षण रिपोर्ट पश्ताच कारण खुल्ला ।’

