


पोखरा,३१जेठ। कास्की प्रहरीले यौन व्यवसाय सञ्चालनको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेको प्रहरीले जनाएको छ।

रेष्टुरेन्टबाट प्रहरीले पाँच जना महिलाको उद्धार समेत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी हरि बस्नेतले बताए ।
उनका अनुसार पक्राउ परेकाहरु विरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

