


काठमाडौं,३१ बैशाख। नेपाल स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ। बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन मंगलबार २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेपनि चाँदीको भाउ भने घटेको छ। आज प्रतितोला चाँदीको मूल्य १९ सय ६० कायम भएको छ। मंगलबार एक तोला चाँदी १९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
कमेन्ट गर्नुस्

