


काठमाडौं,३१बैशाख। मुलुकमा आर्थिक अपराधको ग्राफ बढ्दै गएपछि अनुसन्धानका लागि नेपाल प्रहरीमा आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइ गठन गरिएको छ।
प्रहरी प्रधान कार्यालयले १७ वैशाखदेखि आर्थिकसम्बन्धी अपराधको अनुसन्धानका लागि उक्त इकाइ गठन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले बताए।

उनका अनुसार इकाइको कमाण्ड एसएसपी होबिन्द्र बोगटीले गरेका छन्। इकाइमा अहिले एसएसपीसहित १९ जना कार्यरत छन्। गृहमन्त्रालयबाट स्वीकृत भइसकेकाले छुट्टै इकाइ गठन गरेर काम सुरु गरिएको उनले बताए ।
यसको संरचना र दरबन्दीलगायतका बारेमा भने ओएमएन्ड हुन बाँकी नै छ। त्यसपछि मात्रै कसको नेतृत्वमा कतिजना प्रहरी रहने भन्ने यकिन टुंगो लाग्ने बताइएको छ। उक्त इकाइलाई सीआईबीकै मातहत राखिएको प्रहरीले जनाएको छ।

