


काठमाडौं,३१बैशाख। वैदेशिक रोजगारीमा पठाईदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ का २१ वर्षीय ललित बोहरा रहेको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार साउदले तीन जनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एक जनालाई युके लैजाने भन्दै १० लाख रुपैयाँ लिएर सम्पर्क बिहिन भएका थिए।
कमेन्ट गर्नुस्

