


काठमाडौं,२९ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै परिचय दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी एंव प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीका अनुसार, पक्राउ परेका विश्वकर्माले आफू विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरुमा प्रवेश गरी दबाब दिने तथा धाक–धम्की दिने गरेको सुचनाका आधारमा पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनी कुनै पदमा नरहेको पाइएको रउनीविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

