


मर्चवार,२९ भदौ। रुपन्देही मर्चवारी गाउँपालिकामा बाल दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ।
गाउँपालिका–६ हणसरीस्थित श्रीराम गुरुकुल शिक्षालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षक तथा सुरक्षाकर्मीको सहभागितामा निकालिएको प्रभातफेरी हणसरी टोल र फुलवरिया चोक हुँदै गुरुकुलको प्राङ्गणमा सम्पन्न भएको थियो।

मर्चवार क्षेत्रमा गुरुकुल शिक्षाको सुरुवातका रुपमा चालु शैक्षिक वर्षदेखि सञ्चालनमा आएको श्रीराम गुरुकुलमा पहिलोपटक बाल दिवसका अवसरमा प्रभातफेरी आयोजना गरिएको वडा नं. ६ का वडाध्यक्ष रामसेवक खरबिन्दले जानकारी दिए।
उनका अनुसार बालबालिकालाई औपचारिक शिक्षासँगै संस्कार, अनुशासन, नैतिकता र धार्मिक ज्ञान प्रदान गर्ने उद्देश्यले स्थानीय तहको पहलमा गुरुकुल सञ्चालन गरिएको हो।

