


कपिलवस्तु,२९ भदौ। कपिलवस्तुमा सुनका गहना चोरीको आरोपमा प्रहरीले ६ जना महिलाहरुलाई पक्राउ गरेको छ ।
हरितालिका तीजको दिन जिल्लाको तौलेश्वरनाथ महादेव मन्दिरमा पूजाआजाका लागि आएका श्रद्धालुको सुनको सिक्री र लकेट चोरी गरेर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका सबै महिला भारतीय नागरिकहरु हुन्। उनका अनुसार, गत वर्षको तीजमा समेत तौलेश्वरनाथ मन्दिरबाट यही समुहले सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानका खुलेको छ। पक्राउ परेका महिला समूहबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आरोपीहरुको नामवली :
१) देश भारत उत्तर प्रदेश राज्य महराजगंज जिल्ला प्रतावल पोष्ट सम्देवराह थाना स्थायी वतन हुने वर्ष अं. २५ की उसा देवी हरिजन
२) देश भारत उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला चौरीचौरा थाना सरदारनगर पोष्ट स्थायी वतन हुने वर्ष अं. ३२ की गिता देवी चमार।
३) देश भारत उत्तर प्रदेश राज्य जिल्ला गोरखपुर चौरीचौरा थाना स्थायी वतन हुने वर्ष अं. ३५ की रिता देवी चमार।
४) देश भारत उत्तर प्रदेश राज्य सिद्दार्थनगर पोष्ट सोहरतगढ थाना करहिया स्थायी वतन हुने वर्ष अं. ३५ की उसा देवी चमार।
५) देश भारत उत्तर प्रदेश राज्य सिद्दार्थनगर थाना नुस्काबजार स्थायी वतन हुने वर्ष अं. २४ की सिला हरिजन ।
६) देश भारत उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला कम्पियर थाना पकरी दुसवा स्थायी वतन हुने वर्ष अं.३० की अनिता देवी हरिजन ।

