


अछाम,४जेठ। अछाममा २० वर्षीया युवतीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबलबहादुर थापा रहेको प्रहरीले जनाएको छ।

युवतीले दिएको उजुरीको आधारमा युवकलाई शनिवार साँझ पक्राउ गरिएको र घटनाको अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कमेन्ट गर्नुस्

