

काठमाडौं,४जेठ। रसुवा प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।
आइतबार चीनको केरुङबाट काठमाडौं आउँदै गरेको स्याउ लोड रहेको बा ४ ख ६२०१ नम्बरको गाडी चालकको साथबाट सात किलो ६५३ ग्राम सुन जस्तो पहेँलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले बताए।
Advertisement

Advertisement
Advertisement
उनका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय गाडी चालक किशोर भुजेललाई नियन्त्रणमा लिइएको छ। बरामद सुन, बिस्कुट आकारमा रहेको बताइएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
कमेन्ट गर्नुस्





