


काठमाडौं,४जेठ। रसुवा प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ।
आइतबार चीनको केरुङबाट काठमाडौं आउँदै गरेको स्याउ लोड रहेको बा ४ ख ६२०१ नम्बरको गाडी चालकको साथबाट सात किलो ६५३ ग्राम सुन जस्तो पहेँलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले बताए।

उनका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय गाडी चालक किशोर भुजेललाई नियन्त्रणमा लिइएको छ। बरामद सुन, बिस्कुट आकारमा रहेको बताइएको छ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
कमेन्ट गर्नुस्

