
काठमाडौं,५जेठ। सोमबार (आज) साँझ मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरको निर्णय गर्ने सम्भावना छ ।
सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको बताइन्छ। यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ। सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

