


काठमाडौं,६जेठ। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औँ गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गभर्नर सिफारिस समितिले गभर्नरमा पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। जस अनुसार सरकारले सिफारिसको पहिलो नम्बरमा रहेका पौडेललाई नियुक्त गरेको हो।
कमेन्ट गर्नुस्

