
बुटवल,८जेठ। रुपन्देहीको बुटवल हस्पिटल प्रालिमा पहिलो पटक दुबै घुँडाको जोर्नी एकै पटक सफल प्रत्यारोपण भएको छ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. उत्सव रेग्मी नेतृत्व चिक्तिसक टोलीले दुबै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरेको हो। गुल्मीको दरवार गाउँपालिका स्थायी घर भई बुटवलको बेलवरियाकी ५३ वर्षिया पुर्णकला सोमैको यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा. रेग्मीको दावी छ ।
Advertisement

Advertisement
Advertisement

विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई विस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको उनको भनाई छ। विरामी लामो समयदेखि जोर्नी खिइने समस्या अस्टिओआर्थाइटिसुबाट पीडित थिइन्। घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न नसक्ने भएपछि उनले अस्पतालमा उपचार गराएकी हुन्।
घुँडाको जोर्नी प्रत्यारेपण भएको पाँच दिन पछि उनी समान्य साहरामा हिड्डुल गर्न थालिसकेको पुर्णकलाका श्रीमान् भुवन सिंहले बताए। सफल शल्यक्रियापश्चात पुर्णकलाले आफु पहिलेको अवस्थामै फर्किन लागेको भन्दै खुशी व्यक्त गरिन्।
डा. रेग्मीसंगै बुटवल हस्पिटल प्रालिमा कार्यरत हाडजोर्नी रोगविशेषज्ञ डा. समिर उल्लाह र डा. दिपेन्द्र यादव, डा. प्रल्लाद अधिकारीको एनेस्थेसियाको टिमले शल्यक्रिया गरेको हो।
शल्यक्रिया पछि डा.रेग्मीले पहिलो पटक दुबै घुँडाको जोनीको एकैपटक सर्जरी भएकोले काठमाडौंका चिकित्सकहरुको समेत सहयोग लिएको बताए। उनले अबका दिनमा यस्तो शल्यक्रियाका लागि अस्पतालकै टिम तयार हुने पनि जनाए।
कृत्रिम जोर्नी (इल्म्पलान्ट) महंगो पर्ने भएपनि काठमाडौं भन्दा सस्तो मूल्यमा बुटवलमा प्रत्यारोपण सर्जरी भएको हो। सुलभ दरमा कृत्रिम जोर्नी उपलब्ध गराउन सम्बन्धित नियकाले पहल गरे यस्तो समस्याबाट दुःख पाएका बिरामीका लागि जोर्नी प्रत्यारोपण शल्यक्रिया बरदान सावित हुने बुटवल हस्पिटलका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए।
हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यक्रिया बुटवलमा हुने भएपछि महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको पनि उनको भनाई छ।

