


काठमाडौं,११जेठ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ।
प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेरहदका कारण जेठ १० गतेबाट उनको अनिवार्य अवकाश भएको हो। उनी कार्यविभागमा कार्यरत थिए।

रिक्त भएको एआईजी पदमा डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ। आचार्यको आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ।
कमेन्ट गर्नुस्

