


काठमाडौं,११जेठ। नेपाल प्रहरी प्रधान कार्यालय लामो समय देखि आफुखुशी कार्यालयमा गैरहाजिर रहेको प्रहरीहलाई सम्पर्कमा आउन ताकेता गरेको छ।
प्रहरीको विभिन्न कार्यालयमा कार्यरत २१ जना कर्मचारी सम्पर्कबिहीन रहेको छन् । जसमध्ये दुई जना प्रहरी हवल्दार, चार जना सहायक हवल्दार, १४ जना जवान र एक जना कार्यालय सहयोगी रहका छन् ।

यी २१ जना प्रहरीहरु गत माघ २३ गते देखि चैत ३१ गते समयावधीको बीचमा सम्पर्कबिहीन भएका हुन्। जसमध्ये सबैभन्दा धेरै चैत महिनामा सम्पर्कबिहीन भएका छन्।
कार्यालयमा गैर हाजिर रहेको र प्रक्रिया बमोजिम खोजतलास गर्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले सात दिन भित्र स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सम्पर्कबिहीन भएका प्रहरी कर्मचारीहरुलाई सूचित गरिएको छ।
साथै, उक्त अवधीभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने कारवाही हुने आइतबार प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचनाः


