
संखुवासभा,१२ जेठ। संखुवासभा प्रहरीले दुई जना बालिकालाई बलात्कारको आरोपमा दुई जना युवाहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका-३ का २८ वर्षीय प्रकाश राई रहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

संखुवासभा प्रहरीका सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठका अनुसार पक्राउ परेका युवाहरुमाथी गत जेठ ७ गते खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई होटलमा लगेर बलात्कार गरेको आरोप छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

