
बुटवल,१३जेठ। रुपन्देही प्रहरीले बुटवलमा जुवा (तास) खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।
बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित श्रमिक पथका ५० वर्षीय राजन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित ७ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४३ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

