
विराटनगर,१४ जेठ। मोरङ प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता बेदप्रकाश जोशीका अनुसार लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट खटिएको टोली जिल्लाको सुनवर्षी नगरपालिका–७ बाट तीन क्विन्टल गाँजा बरामद गरेको हो।
Advertisement

Advertisement
Advertisement

बरामद गाँजा ७ वटा बोरामा राखिएको थियो। प्रहरीलाई देखेर फरार भएका व्यक्तिहरु खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कमेन्ट गर्नुस्

