


काठमाडौं,१५ जेठ। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएसँगै उनलाई कार्य विभागमा पदस्थापन गरिएको छ। उनी विशेष ब्यूरोमा कार्यरत थिए।

एआईजी लालमणि आचार्य गत जेठ १० गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि उक्त ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।
कमेन्ट गर्नुस्

