
विराटनगर,१६जेठ। कहिले शरीरको खुटाँमा बाँधेर त कहिले मोटरसाइकलको ट्यांकीमा लुकाएर। लागुऔषध ओसरपसार गर्ने पनि अनेक तरिका। अपराधीभन्दा प्रहरी एक कदम अघि भने झै विराटनगरमा बठ्याईँ गरेर लागुऔषध भित्रयाउन खोज्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले लागुऔषध ओसारपसारका लागि कुकुरको प्रयोग गरेका थिए।
Advertisement

Advertisement
Advertisement

लागुऔषध ल्याउनका लागि ‘रक्की’ नामको पालुवा कुकुर लिएर सीमापारी जोगवनी बजार गएका उनी कुकुरसहित फर्कि । विशेष सूचनाको आधारमा उनलाई रोकेर उनको शरीर खानतलासी गर्दा लागुऔषध फेला नपरेपछि प्रहरी अच्चिमत पर्यो। सूचना सही थियो तर लागुऔषध फेला परेन।
त्यसपछि साथमा रहेको कुकुरको खानतलासी गर्दा कुकुरको घाँटीमा बाँधिएको बेल्टमा लुकाइएको अवस्थामा तीन दशमलव ३६ ग्राम ब्राउन सुगर र ३५ ट्याब्लेट नाइट्राजेपाम बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एंव सूचना अधिकारी वेदप्रकाश जोशीले बताए।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

