
बारा,१६जेठ। प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्रा पर्नेमा भारतका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसा भारतीय कार नम्बर बीआर-०१-बियु-३४८५ मा पछाडिको सिटमुनि फल्स बटम बनाएर लागुऔषध भित्राएको अवस्थामा बाराको अमलेखगञ्जबाट उनीहरुलाई पक्राउ गरिएको हो।
Advertisement

Advertisement
Advertisement

उनले पक्राउ परेका व्यक्तिहरुको साथबाट २१ हजार ६ सय वटा ट्रामाडोल ट्याब्लेट र ७६ बोतल ओनरेक्स नामक लागुऔषध बरामद भएको बताए।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ।

