
उदयपुर,१६जेठ। प्रहरीले जबरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-२ सन्नुवाका ६२ वर्षीय नागेश्वर विक रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ६२ वर्षीय विकले एक १२ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका विकले ती नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

