
भैरहवा,१७जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको गोनहिया टोल सुुधार समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गोनहिया स्थित श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयलमा सम्पन्न साधारणमा बोल्ने वक्ताहरुले टोल सुधार समितिले स्थानीय तह र समुदायकाबीच पुलको काम गरेको बताए।
Advertisement

Advertisement
Advertisement

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधाहरुलाई टोल सुधार समितिहरु मार्फत प्रभावकारी ढंगले प्रदान गर्न सकिएको बताए। उनले टोल सुधार समितिहरु नगरको कार्यक्रमहरुमा प्राथमिकता पाउने गरि काम गरिरहेको बताए।
गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर तेलीले टोल सुधार गठन भए पछि गोनहियाको सरसफाई लगायत बिभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए। उनले वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा तथा सूचनाहरुलाइ घर घर सम्म पु¥याउन सहज भएको बताए।
टोल सुधार समितिहरुमा आर्थिक अभावले भने अनुसारको काम गर्न नपाए पनि बिभिन्न समस्याहरुबारे सहजीकरणको पहलको प्रयास गरिरहेको उनले बताए। साधारण सभामा समितिका कोषाध्यक्ष मोती बहादुर थापा मगरले आय व्यय विवरण पेश गरेका थिए।
समितिका सचिव राधेश्याम विश्वकर्माको संचालन तथा तारा पुन गाहाको स्वागतमा सम्पन्न कार्यक्रममा गोनहिया टोल सुरक्षा समितिका अध्यक्ष राजेश धवल, तिनकुने टोल सुधार समितिका अध्यक्ष तुलसी पराजुली, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्र कोहार, गोलिगढ टोल सुधार समितिका कार्यवाहक अध्यक्ष अनवर खाँन, श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मी, वडा सचिव अब्दुल रसिद पठान, वडा सदस्यहरु बसुन्धरा शर्मा, बसन्त भट्टराई, युवराज बराल लगायतले बोलेका थिए।

