
भैरहवा,१७जेठ। रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मायादेवी गाउँपालिका-१ अहिरौलीका ३५ वर्षीय राजेश कोहार र २६ वर्षीय गोविन्द लोध रहेको प्रहरीले जनाएको छ।
अहिरौलीमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेकाहरुको साथबाट २० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।
जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

