
भैरहवा,१८जेठ। अन्डर–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ। लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीका अनुसार क्रिकेटर समीर अली मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा गरिएको हो।
आगामी जेठ १९ गतेदेखि ३१ गतेसम्म सुर्खेतको कालुनचोक क्रिकेट रंगशाला र बीरेन्द्रनगर क्रिकेट रंगशालामा आयोजना गरिएको यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशका १८ खेलाडीको टीम बनाइएको छ। मुसलमान प्रदेशस्तरीय यु–१६ क्रिकेट छनोट खेलमा रुपन्देहीको टीमको समेत कप्तान थिए । छनोट खेलमा उनले एक शतक प्रहार गर्नुका साथै सबैजसो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रदेशको टीममा रोजन कुमाल, रौनक श्रीवास्तव, सिद्धार्थ ढकाल, केशव बिष्ट, लक्ष्मण कुमाल, शुभव खनाल, प्रिन्स पाल, चन्द्र थापा, दिव्यांश वर्मा, प्रेमसागर यादव, शोएब हसन मुसल्मान, दक्ष ठाकुर र आरिफ खान छनोट भएको संघले जनाएको छ। यस्तै, टीममा करण घर्ती मगर, आदित्य ढकाल, तुषार चौहान र दिवश अर्याललाई रिजर्भ खेलाडीका रुपमा राखिएको छ। प्रदेशको टीम कोचमा सञ्जु क्षेत्री र टीम म्यानेजरमा सिद्धार्थ श्रेष्ठ छन् ।
संघका प्रदेश सदस्य प्रथम पराजुलीले एक हप्तासम्म रुपन्देहीमा संचालित प्रदेशस्तरीय छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई समावेश गरी लुम्बिनीको टीम बनाइएको बताए।‘छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले टीममा स्थान बनाएकाले यसपटक राष्ट्रिय प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पार्छ भन्ने हाम्रो विश्वास छ’,उनले भने ।

